नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रीय क्याबिनेटले आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित इसरोको सतीश धवन अन्तरिक्ष केन्द्रमा “तेस्रो लञ्चप्याड” (टीएलपी) स्थापना गर्न स्वीकृति प्रदान गरेको छ। आन्ध्र प्रदेशको श्रीहरिकोटामा तेस्रो लञ्चप्याड परियोजनाअन्तर्गत इसरोको नयाँ पिँढीको प्रक्षेपण वाहनका लागि प्रक्षेपण पूर्वाधार स्थापना गर्नका साथै श्रीहरिकोटामा दोस्रो लञ्चप्याडलाई सहयोगको निम्ति अतिरिक्त लञ्चप्याड कायम गर्नमाथि बल दिइएको छ। यसले भारतको भावी अन्तरिक्ष मिशनका लागि प्रक्षेपण क्षमता बढाउनेछ। परियोजना राष्ट्रिय महत्त्वको छ।
कार्यान्वयन रणनीति तथा लक्ष्य :
टीएलपीलाई एनएजीएलभी लगायत सेमीक्रायोजेनिक चरणको एलभीएम-३ वाहनका साथसाथै एनजीएलभीको व्यापक परिमाणमा कन्फिगरेशनलाई समर्थन गर्नसक्ने हिसाबले तयार गरिएको छ। यो काम उद्योग जगतको व्यापक भागीदारीका साथ पूरा गरिनेछ, जसमा पछिल्लो लञ्चप्याड स्थापित गर्ने र वर्तमान लञ्चप्याड परिसर सुविधालाई अरू धेरै सीमासम्म साझा गर्नमा इसरोको अनुभव पूर्णरूपले उपयोग गरिनेछ। टीएलपी ४८ महिना वा ४ वर्षको अवधिभित्र स्थापित गर्ने लक्ष्य राखिएको छ।
कूल व्यय:
धनराशिको कूल आवश्यकता ₹३,९८४.८६ करोड रहनेछ, जसमा लञ्चप्याड अनि सम्बन्धित सुविधाको स्थापना सामेल रहनेछ।
लाभार्थीको संख्या:
यस परियोजनाले उच्च प्रक्षेपण आवृत्ति अनि मानवयुक्त अन्तरिक्ष उडान लगायत अन्तरिक्ष अन्वेषण मिशन शुरु गर्न राष्ट्रिय क्षमतालाई सक्षम गरी भारतीय अन्तरिक्ष परितन्त्रलाई बढावा दिनेछ।
पृष्ठभूमि:
आजको मितिमा, भारतीय अन्तरिक्ष परिवहन प्रणाली पूर्णरूपले दुईवटा लञ्चप्याडमाथि निर्भर छ। पहिलो लञ्चप्याड (एफएलपी) र दोस्रो लञ्चप्याड (एसएलपी)। एफएलपीलाई पीएसएलभीको निम्ति ३० वर्षअघि साकार बनाइएको थियो भने यसले पीएसएलभी र एसएसएलभीलाई प्रक्षेपण समर्थन प्रदान गर्न जारी राखेको छ। एसएलपी मुख्य रूपमा जीएसएलभी र एभीएम-३ का लागि स्थापित गरिएको थियो भने पीएसएलभीका लागि अतिरिक्त रूपमा पनि काम गर्दछ। एसएलपी करिब २० वर्षदेखि परिचालनमा छ भने यसले चन्द्रयान-३ मिशनसहित राष्च्रिय मिशनहरूका साथसाथै पीएसएलभी/ एलभीएम-३ का कैयौं वाणिज्यिक मिशनलाई सक्षम बनाउनका लागि प्रक्षेपण क्षमतामा वृद्धि गरेको छ। एसएलपीले गगनयान मिशनका लागि मानव स्तराङ्कित एलभीएम-३ प्रक्षेपण गर्नका लागि तयारी गरिरहेको छ।
अमृतकालको समय भारतीय अन्तरिक्ष कार्यक्रमको व्यापक दृष्टिमा २०३५ सम्म एउटा भारतीय अन्तरिक्ष स्टेशन (बीएएस) र २०४० सम्म एउटा भारतीय चालक दलद्वारा चन्द्रमा ल्याण्डिङ सामेल छ भने यसका लागि नयाँ सञ्चालन शक्ति सामेल रहेको भारी प्रक्षेपण वाहनको नयाँ पिँढी आवश्यक पर्नेछ, जुन विद्यमानद्वारा पूरा गर्नसकिँदैन। नयाँ पिँढीका भारी श्रेणीको प्रक्षेपण वाहनका साथै आगामी २५-३० वर्षका लागि अन्तरिक्ष परिवहनको बढ्दो आवश्यकता पूरा गर्नका लागि एसएलपीलाई अतिरिक्त तेस्रो लञ्चप्याडका रूपमा तेजीका साथ स्थापना अति नै जरुरी छ। -पीआईबी