कवि भक्त राई र स्वतन्त्रता सेनानी असम गोर्खे गान्धी प्रसादसिंह सुब्बा पुरस्कार वितरण समारोह विश्वनाथ चाराली महाविद्यालय भवन, असममा सम्पन्न

IMG-20250116-WA0159

गुवाहाटी: असम गोर्खे गान्धीस्वतन्त्रता सेनानी प्रसादसिंह सुब्बा स्मृति अकादमी, असमले कविवर भक्त राई स्मृति मण्डपको संयोजनमा आयोजना गरेको पुरस्कार वितरण समारोह गत  ११ जनवरी शनिबार, विश्वनाथ कलेजको कला भवन हल, चाराली, असममा सम्पन्न भयो। उक्त एक दिवसीय कार्यक्रम बिहान संस्थागत झण्डा फहराएर शुरु भएको थियोl स्मृति अकादमीका अध्यक्ष छत्रमान सुब्बाले  प्रमूख अतिथि अरुण कृष्ण राई, पूर्व न्यायाधीशको उपस्थितिमा आरम्भ गरे। त्यसपछि प्रारम्भिक कार्यक्रमको शुरुवात स्वतन्त्रता सेनानी प्रसादसिंह सुब्बा असम गोर्खे गान्धी र कविवर भक्त राईको तस्वीरमा दीप प्रज्वलन र प्रतिष्ठानका कार्याध्यक्ष प्रकाश सुब्बा र परिवारका सदस्यले पुष्पहार अर्पण गरी शुरु भएको थियो। अधिवेशनको प्रारम्भमा गुवाहाटी उच्च अदालतका वरिष्ठ अधिवक्ता जयन्त पराजुली र साहित्य अनुवाद अकादमी पुरस्कार विजेता किरणकुमार राई र उदीयमान पत्रकार चन्दन छेत्रीको असामायिक निधन भएको हुनाले गतात्मक आत्माप्रति  शान्तिको  एक मिनट मौन धारण गरिएपछि असम नेपाली साहित्य सभाको विश्वनाथ चाराली शहर शाखाका टोलीका सदस्यहरूले कोरस सुमधुर सङ्गीत प्रस्तुत गरे। स्वतन्त्रता सेनानी प्रसादसिंह सुब्बा एकाडेमीका उपाध्यक्ष पूर्णकुमार शर्माले स्वागत सम्भाषण राखे। साहित्य अकादमीका सल्लाहकार मण्डलका सदस्य डा चन्द्रमणि उपाध्यायले स्वर्गीय स्वतन्त्रता सेनानी  असम गोर्खे गान्धी प्रसादसिंह सुब्बाको जीवनी र योगदानबारे स्मरण प्रवचन दिए। मानसिरी उच्चोत्तर विद्यालयका सेवानिवृत्त प्रधानाध्यापक एच एस शर्माद्वारा एकाडेमीको नयाँ वर्षको क्यालेन्डर विमोचन गरे। प्रा. रामचन्द्र अधिकारीले कविवर भक्त राईको जीवनी र साहित्यिक योगदानको बारेमा स्मृति व्याख्यान दिए। भाषा संवैधानिक स्वीकृतिकालमा दस्तावेजको रुपमा  दिल्ली अधिकृतवर्ग समक्ष महाकाव्यको विधामा भारतीय नेपाली/गोर्खा साहित्यको प्रथम महाकवि मोहन दुखन विरचित प्रथम महाकाव्य “मन्दाकिनी”लाई प्रस्तुत गरेको अलिखित ऐतिहासिक तथ्य अघि सार्दै प्रा. अधिकारीले भने, कविवर भक्त राई उनकै शाखे काइलो भाई पनि प्रतिभावान युवा कवि थिए।

सिलगढीका सेवानिवृत्त जिल्ला न्यायाधीश अरुण कृष्ण राईले प्रमुख अतिथिको रूपमा सत्रको उद्घाटन गरे। स्वतन्त्रता सेनानी प्रसाद सिंह सुब्बा स्मृति अकादमीका मुख्य सचिव एवं साहित्य अकादमी पुरस्कार प्रापक अन्जन बास्कोटाले कार्यक्रममा परिचयात्मक सत्रको सञ्चालन गरे। दोस्रो तथा पुरस्कार वितरण सत्र एकाडेमीका अध्यक्ष छत्रमान सुब्बाले, जसले अनुवाद साहित्यमा साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए, अध्यक्षतामा  आयोजित भएको थियो। त्यस सत्रमा सेवानिवृत्त जिल्ला न्यायाधीश अरुण कृष्ण राई प्रमुख अतिथिको रूपमा उपस्थित थिए। स्वतन्त्रता सेनानी गोर्खे गान्धी प्रसादसिंह सुब्बा स्मृति पुरस्कार २०२४  प्रेम तामाङ, अध्यक्ष, गोर्खा विकास परिषद,असम सरकार पक्षलाई प्रदान गरियो। उक्त पुरस्कारमा असम संस्कृतिका सम्मानस्वरुप सराई, झापी, शाल, गामोसा, स्मृति चिन्ह, पुस्तकको प्याकेट र नगद राशि रहेको छ।

त्यसैक्रममा, सिलगढीस्थित कवि भक्त राई स्मृति मण्डपद्वारा प्रदान गरिएको कविवर भक्त राई स्मृति पुरस्कार २०२४, श्रीमती बनिता गिरी राई, प्रिन्सिपल, होली क्राउन स्कूल, सिलगढीको बाहुलीबाट सिक्किमका प्रख्यात साहित्यकार, महाकवि एवं लेखक सीपी शर्मा र विश्वनाथ कलेजका प्रिन्सिपल तथा असम नेपाली साहित्य सभाका अध्यक्ष डा चिन्तामणि शर्मालाई प्रदान गरियो। उक्त पुरस्कारमा असम सांस्कृतिक सम्मान सराई, झापी, शाल, गामोसा, स्मृति चिन्ह, पुस्तकको प्याकेट र नगद राशिहरु रहेका छन्। पुरस्कार ग्रहण गरेपछि सबै पुरस्कार प्रापकहरु क्रमशः सीपी शर्मा,  प्रेम तामाङ , डा चिन्तामणि शर्माले सत्रलाई सारगर्भित सम्बोधन गरे। पुरस्कार वितरण समारोहलाई डा खेमराज नेपाल र गणेश पौडेलले पनि सम्बोधन गरे। दुवै सत्रमा वरिष्ठ साहित्यकार गुरुप्रसाद उपाध्याय, डा चक्रपाणि शर्मा, हरि लुईटेल, प्रा. अरुण भट्टराई, नर सिंगली छेत्री, प्रा. हेमकुमार गौतम, दिलीप गजुरेल, सुनिल गुरुङ, डा हरि शर्मा, रेखाराज मगर, कमल उपाध्याय, मदन थापा, गोपाल मोक्तान, नवदीप सरमा लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। पुरस्कार वितरण समारोहको सम्पूर्ण कार्य स्वतन्त्रता सेनानी  असम गोर्खे गान्धी प्रसाद सिंह सुब्बा मेमोरियल एकेडेमी असमका मुख्य सचिव अन्जन बाँस्कोटाले सञ्चालन गरेका थिए। स्मरण रहोस्, आउँदो समयमा कविर भक्त राई स्मृति मण्डपद्वारा दार्जीलिङ, कालेबुङ जिल्ला अन्तर्गत तथा सिलगढीमा प्रत्येक वर्ष तीन वटा पुरस्कारहरू क्रमैले साहित्य, पत्रकारिता तथा समाजसेवामा प्रदान गरिनेछ भनेर  कविर भक्त राई स्मृति मण्डपका अध्यक्ष अरुण कृष्ण राई, पूर्व न्यायाधीशबाट जानकारी प्राप्त भएको छ।

About Author

Advertisement