एक रियालिटी टीभी स्टारले आफ्नो यौन लतको बारेमा चकित पार्ने खुलासा गरेकी छिन्। उनले सात सयभन्दा बढी पुरुषसँग यौनसम्पर्क गरेको स्वीकार गरिन्। टीभी स्टारले आफ्नो सेक्स लतप्रति आफूलाई कुनै लाज नभएको पनि बताएकी छन्। यी रियालिटी टीभी स्टारको नाम बेलिन्डा ‘लभ’ रेगियर हो। उनी सन् २०१७ मा अष्ट्रेलियाको चर्चित शो द ब्याचलरमा उनको भूमिकाका लागि परिचित छिन्। उनले आफ्नो जीवनको एउटा चरणको बारेमा बताइन् जब उनी हप्ताको ६ दिन रोमान्सका लागि पार्टनर खोज्ने गर्दथिन्।
मिररको रिपोर्टअनुसार रेडियो शो ‘यु आर अ ग्रब मेट!’ मा ३८ वर्षीया बेलिन्डाले भनिन्, ‘सबै ठिक भएपछि मलाई आफ्नो समस्याको बारेमा थाहा भयो। सबैभन्दा ठूलो समस्या मेरो सम्बन्धको थियो। म खराब मान्छेहरूको संगतमा थिएँl’ बेलिन्डाले आठ वर्ष पहिले आफ्नो लतलाई जितिन्। यसपछि उनी टीभी स्टारबाट रिलेशनशिप गुरु भइन्। उनले भनिन्, ‘निको भएपछि केही पुराना अछुतो घाउका कारण ममा सेक्सको लत आएको महसुस भयोl’ टेलिभिजन स्टारले आफूले कति पुरुषसँग सम्बन्ध राखेको पनि आफूलाई याद नभएको बताइन्। बेलिन्डाले अन्ततः संख्या सात सय भन्दा बढी हुने बताइन्। तर टीभी स्टारले यौन पार्टनरको यो संख्याबाट आफूले लाज नमान्ने बताएकी छिन्। टीभी स्टारले अझ भनिन्, ‘पुरुषहरूले मलाई त्यही कुरा सुनाउने गर्थे जुन म सुन्न चाहन्छु। ती मानिसहरू यस कुरामा धेरै राम्रो छन्। सेक्स भन्दा बढी, यो सबै एक सुन्दर भावना र प्रेमको नाममा थियोl समाज धेरै गिरिरहेको छ। हामीले सेक्सलाई एकदमै गलत अर्थमा प्रयोग गरिरहेका छौं जुन क्षणिक आनन्द हो। म अब जोसँग कुनै सम्बन्ध महसुस गर्छु, उनीसँग विशेष पल बिताउनेछुl’