एउटै केटाका दुईजना प्रेमिका झगडा गर्दा केटाले सुइँकुच्चा ठोके

प्रतीकात्मक तस्वीर

एउटै केटासँग प्रेममा परेका दुई युवतीको बीच बजारमा भिडन्त भएको रोचक खबर सार्वजनिक भएको छ। समाचार एजेन्सीका अनुसार यो सम्पूर्ण मामला औरंगाबादको पैठान क्षेत्रको हो। जहाँ बस स्ट्यान्डमा दुई युवतीबीच झगडा भएको थियो। वास्तवमा, दुवै एउटै केटाको प्रेममा थिए। एक युवतीले आफ्नो प्रेमी अर्की केटीसँग देखेपछि रिस उठ्यो। शुरुमा दुई युवतीबीच झगडा भयो र त्यसपछि हेर्दाहेर्दै उनीहरुबीच कुटाकुट शुरु भयो। झगडा बढेको देखेर उनीहरूका प्रेमी घटनास्थलबाट भागेका थिए। यसैबीच पुलिसले घटनास्थलमा पुगेर दुवै युवतीलाई पुलिस थानामा ल्याएको थियो, तर सोधपुछपछि उनीहरुलाई छाडियो।

पुलिसले यो घटना गएको बुधबार भएको जनाएको छ। जसमा बिहानै बस स्ट्यान्डमा दुई युवती आपसमा झगडा गरिरहेका थिए। किनकी दुवैको एउटै प्रेमी थियो र यही कुरालाई लिएर झगडा भएको थियो। बिहानै प्रेमी युवतीसँग बस स्ट्यान्डमा उभिरहेको बताइएको छ। अर्की युवतीले खबर पाएलगत्तै उनी पनि घटनास्थल पुगिन्। दुवैले प्रेमीका अगाडि झगडा गर्न थाले र त्यसपछि उनीहरु आपसमा कुटाकुट गर्न थाले। यसैबीच प्रेमी घटनास्थलबाट फरार भएका छन्। चौराहामा कोलाहलको बीचमा पुलिस पुगेर युवतीलाई पुलिस थानामा लगेर मामिला शान्त गरायो।

About Author

Advertisement