अवैध बालुवा उत्खनन र तस्करीको आरोपमा एक व्यक्ति पक्राउ

Screenshot_20250115_225727_Chrome

सिलगढी: बालुवा उत्खनन गरी तस्करी गर्ने एक अभियुक्तलाई प्रधाननगर पुलिसले पक्राउ गरेको छ।सो व्यक्तिको नाम अभय उराँउ बताइएको छ। जानकारी अनुसार गुल्मा नजिकैको महानन्दा खोलाबाट अवैध रुपमा बालुवा तथा ढुङ्गा उत्खनन भइरहेको सूचना पाएपछि पुलिसले गए राति अपरेसन गर्दा घटनास्थलबाट एक अभियुक्तलाई पक्राउ गरेको छ। सोही क्रममा दुई ट्याक्टरसहित एक ट्रक पनि नियन्त्रणमा लिएको छ। तर, सो क्रममा दुई अभियुक्त भाग्न सफल भएका थिए। यसैबीच, पुलिसले पक्राउ गरेका अभियुक्तलाई आज सिलगढी अदालतमा पेश गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement