सिक्किमको छाङ्गु क्षेत्रमा हिमपात, पर्यटकहरू रमाउँदै

IMG-20250114-WA0180

गान्तोक: सिक्किमको माथिल्लो भागमा हाल भारी हिमपात भइरहेको छ, जसका कारण तापक्रममा भारी गिरावट आएको छl छाङ्गुमा हिमपात भएका कारण यहाँको लेकमा हिउँ जमेको छ। यस मौसमको आनन्द लिन ठूलो संख्यामा पर्यटकहरू आइपुगेका छन्, र हिउँ परिरहेको आनन्द लिइरहेका छन्।

सिक्किमको छाङ्गु लेक पर्यटकहरूका लागि धेरै लोकप्रिय छ। गान्तोकबाट ४० किलोमिटर टाडो अवस्थित छ छाङ्गु लेक। नाथुला घाटी जाने बाटोमा अवस्थित यो लेक समुद्र सतहबाट १२,३०३ फिटको उचाइमा अवस्थित छ। भारतीय हुलाक सेवाले २००६ मा यस हिम नदीबाट बनेको यस लेकको हुलाक टिकट जारी गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement