सिलगढीमा हाम्रो छहारीको पाँचौ स्थापना दिवस पालन

IMG-20250114-WA0190

सिलगढी: हाम्रो छहारीको पाँचौं स्थापना दिवस आज (१४ जनवरी) माघे संक्रान्तिको शुभ साइतमा हाम्रो  छहारीको ध्वजारोहण गरी सामान्य रूपमा पालन गरियो। मुम्बईबाट आफ्नोश्रीमती सुजाता थापाको रोगोपचार गरी सिलगढी आश्रममा अलिक दिन थकाइ मार्न आएका कालेबुङ निवासी आजीवन सदस्य प्रकाश थापा छेत्रीको संयुक्त बाहुलीबाट हाम्रो छहारीको ध्वजारोहण गरियो। हाम्रो छहारीको पक्षबाट केन्द्रीय सदस्य बी एल सुब्बाको कुशल सञ्चालनमा सम्पन्न उक्त गरिमामय छोटो कार्यक्रममा सिलगढी छहारीका संयुक्त सचिव टी बी छेत्री, सिलगढी छहारीकी उप सभापति एवम् मतिगढ़ा पञ्चायत समितिकी पूर्व सभापति श्रीमती तारा प्रधान, अतिथिको रूपमा उपस्थित थिएl गान्तोक सिक्किमको सेरोफेरोका पत्रकार सुरेश राईले हाम्रो छहारीको परोपकारी कार्यको  संक्षेप आ-आफ्नो विचार सम्प्रेषण गर्दै एकार्कालाई शुभकामना दिएपछि हाम्रो छहारी अभियानमा सहयोग पुराउँदै आएका सम्पूर्ण संस्थापकगण,स दस्यगण र मुठी खोल्ने दाताहरूलगायत मिडिया हाउसहरूलाई धन्यवाद  ज्ञापन गरेपछि कार्यक्रम समापन भयो।  

About Author

Advertisement