क्रिकेट रंगशालामा फ्लड़ लाइट जड़ानबारे आशंका

IMG-20250113-WA0282

काठमाडँ: कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा फ्लड लाइट जडानको कुरा धेरै वर्षदेखि उठ्दै आएको छ। केपी ओली प्रधानमन्त्री बनेपछि उनले एक वर्षमा फ्लड लाइट जडान गर्ने वचन दिएका थिए, तर हालसम्म प्रक्रिया अघि बढ्न पाएको छैन।
फ्लड लाइट जडानको लागि निकालेको टेण्डरमा विशेष कम्पनीलाई फाइदा पुग्ने गरी बनाइएको शंका गर्न सकिने अवस्था बनेको छ।
१) “कन्ट्री अफ ओरिजिन” सीमा: टेण्डरमा युरोप, अमेरिका, वा बेलायतको सामग्री मात्र प्रयोग गर्ने सर्त राखिएको छ, जसले प्रतिस्पर्धालाई संकुचित गर्छ।
२) ब्रान्ड प्राथमिकता: टेण्डरमा मात्र केही विशिष्ट ब्रान्डहरू (जस्तै, फिलिप्स, थोर्न) प्रस्ताव गरिएको छ, जसले प्रतिस्पर्धा घटाउँछ र लागत बढाउँछ।
३) अनावश्यक खर्चिलो: कीर्तिपुर मैदानका लागि माइनस ४० डिग्री तापक्रमको आवश्यकताले अनावश्यक खर्च बढाउँछ र विशेष ब्रान्डहरूलाई मात्र फाइदा पुर्याउँछ।
४) विकृति र भ्रष्टाचार: यस टेण्डरले केही कम्पनी र कर्मचारीहरूलाई आर्थिक फाइदा पुर्याउने सम्भावना देखिएको छ।

About Author

Advertisement