रौतहट: बुहारीको हत्या गरी फरार (सासु) रौतहटकी ६२ वर्षीया सायरा खातुनलाई प्रहरीले ४ वर्षपछि पक्राउ गरेको छ।
खातुनले २०७७ साल जेठ ८ गते बुहारी २२ वर्षीया निसनारा खातुनलाई कुटपिट गरी मुखमा कपडा कोची हत्या गरेकी थिइन्। उक्त घटना पश्चात् उनी फरार रहँदै आएकी थिइन्।










