गान्तोक: काबी लुङचोक निर्वाचन क्षेत्र अन्तर्गत लिङ्दोक ८ माइल निवासी प्याट्रिक प्रधान र परिवारले आफ्ना पिताको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
ओएसडी आजाद भोटियाद्वारा हस्तान्तरण गरिएको उक्त दुई लाख रुपियाँको सहयोगले स्टार अस्पताल, सिलगढीमा बिरामीको उपचार जारी राख्न परिवारलाई सहज भएको बताइएको छ। प्याट्रिक प्रधान र परिवारका सदस्यहरूले मुख्यमन्त्रीलाई यो कठिन समयमा सहयोगले परिवारलाई ठूलो राहत पुगेको भन्दै हार्दिक धन्यवाद दिएका छन्। यस आर्थिक सहायताले आफ्ना पिताको आवश्यक चिकित्सा हेरचाहमा महत्त्वपूर्ण मद्दत मिलेको उनले बताएका छन्।