असम राइफल्स तथा एनएससीएन-केवाईकेबीच भिड़न्त, नाम्पोंगमा तनाव

IMG_20250109_163107

नम्पोङ(अरुणाचल प्रदेश): बिहिवार बिहान असम राइफल्स र एनएससीएन-केवाईकेका भूमिगत लड़ाकूहरु बीच चाङलाङ जिल्लाको नम्पोङ क्षेत्रमा भिड़न्त भएको छ।
लंका गाउँ नजिक भएको उक्त भिड़न्त बिहान ९ बजेदेखि सुरू भएर घण्टौंसम्म जारी रहयो।
आधिकारिक सूत्र अनुसार अहिलेसम्म कुनै पनि पक्षको जनहानि भएको सूचना प्राप्त भएको छैन। तर उक्त क्षेत्रमा तनाव सृजना भएको छ।
यो क्षेत्र भारत-म्यान्मार सीमामा अवस्थित छ, यस क्षेत्रमा पछिल्लो महिनादेखि उग्रवादी गतिविधिहरू हुँदै आइरहेको छ। सुरक्षा बलहरूले स्थितिलाई नियन्त्रण गर्न तथा हिंसालाई बढ़्नदेखि रोक्नका लागि खोजी अभियान सुरू गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement