असम राइफल्स तथा एनएससीएन-केवाईकेबीच भिड़न्त, नाम्पोंगमा तनाव

IMG_20250109_163107

नम्पोङ(अरुणाचल प्रदेश): बिहिवार बिहान असम राइफल्स र एनएससीएन-केवाईकेका भूमिगत लड़ाकूहरु बीच चाङलाङ जिल्लाको नम्पोङ क्षेत्रमा भिड़न्त भएको छ।
लंका गाउँ नजिक भएको उक्त भिड़न्त बिहान ९ बजेदेखि सुरू भएर घण्टौंसम्म जारी रहयो।
आधिकारिक सूत्र अनुसार अहिलेसम्म कुनै पनि पक्षको जनहानि भएको सूचना प्राप्त भएको छैन। तर उक्त क्षेत्रमा तनाव सृजना भएको छ।
यो क्षेत्र भारत-म्यान्मार सीमामा अवस्थित छ, यस क्षेत्रमा पछिल्लो महिनादेखि उग्रवादी गतिविधिहरू हुँदै आइरहेको छ। सुरक्षा बलहरूले स्थितिलाई नियन्त्रण गर्न तथा हिंसालाई बढ़्नदेखि रोक्नका लागि खोजी अभियान सुरू गरेका छन्।

About Author

Advertisement