मंगन: उत्तर सिक्किमका लाचेन मंगन निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री साम्डप लेप्चाले हाल सम्पन्न भइरहेको निर्वाचनस्तरीय फूटबल प्रतियोगितामा आफ्नो समष्टीका खेलाड़ीहरूलाई जर्सी प्रदान गरेर मनोबल बढाएका छन्। जर्सी हस्तान्तरण गरेपछि उनले आफ्नो अनुभवहरू साझा गरे।
मन्त्री लेप्चाले आफ्नो सम्बोधनमा खेलाडीहरूलाई उत्कृष्टताको लागि प्रयास गर्न प्रेरित गरे। खेलकूदमा अनुशासनको महत्वमाथि जोर दिँदै उनले सबै खेलाड़ीलाई अनुशासित बन्ने अपील पनि गरे।
उल्लेखनीय छ, आगामी १४ देखि २१ दिसम्बरसम्म दक्षिण सिक्किमको जोरथाङमा माघे मेलाको अवसरमा उन्तर समष्टि फूटबल टुर्नामेन्ट आयोजना गरिएको छ। त्यसै टुर्नामेन्टमा भाग लिने लाचेन मंगनका खेलाड़ीहरूलाई क्षेत्र विधायक तथा मन्त्री लेप्चाले आज जर्सी प्रदान गरेका हुन्।