डम्परले सानो चारपाङ्ग्रे सवारीसाधनलाई ठक्कर दिदा गाडीमा सवार तीनजना सुरक्षित रहे

IMG-20250107-WA0214

जलपाईगुडी: डम्परले एउटा सानो चारपाङ्ग्रेलाई ठक्कर दिएको छ। सो घटनाबाट तीनजना भने सुरक्षित छन्।
जानकारीका अनुसार डम्परले सिग्नलमा पार्किङ गरेको चारपाङ्ग्रे गाडीलाई पछाडिबाट ठक्कर दिएको थियो। सिलगढी-जलपाईगुडी राष्ट्रिय राजमार्गको राजगञ्जको तलमा मोड क्षेत्रमा मंगलबार भएको घटनामा एउटा सानो कारमा सवार तीनजना ठूलो दुर्घटना हुनबाट बाचेका छन्। सिलगढीबाट जलपाईगुडीतर्फ जाँदै गरेको यात्रुवाहक चारपाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेको बताइएको छ। यात्रु बोकेको एउटा सानो चारपाङ्ग्रे गाडी तालमा नजिकैको ट्राफिक सिग्नलमा रोकिएको थियो।
त्यसपछि पछाडिबाट आउँदै गरेको डम्परले सडकमा रोकिएको चारपाङ्ग्रे गाडीलाई ठक्कर दिन पुग्यो। त्यसपछि चारपाङ्ग्रे गाडी अगाडि बढेको अर्को गाडीसँग ठोक्कियो। यो घटनामा सानो चारपाङ्ग्रे गाडीको अगाडि र पछाडिको भाग फुटेको छ। कारमा सवार तीन जनाको ज्यान जोगियो।
खबर पाएलगत्तै राजगञ्ज पुलिस चौकीबाट पुलिसकर्मीहरु घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त कार बरामद गरी घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement