मंगन जिल्लामा शुरु भयो अन्तरसमष्टि फूटबल टुर्नामेन्ट

IMG-20250107-WA0245

मंगन: जोरथाङ माघे मेला २०२५ को अवसरमा आयोजना गरिएको अन्तर समष्टि फूटबल टुर्नामेन्टको प्राथमिक चरणमा जिल्लास्तरीय टुर्नामेन्ट आजदेखि मंगन खेल मैदानमा आरम्भ भयो। टुर्नामेन्टको आयोजना राज्य सरकारको खेलकुद एवं युवा मामिला विभागको तत्वावधानमा गरिएको छ।
मंगन जिल्लाको पहिलो म्याच कावी लुम्चोक र जङ्गु निर्वाचन क्षेत्र बीच खेलियो। एकतर्फी म्याचमा जुङ्गले कावी लुम्चोकलाई शुन्यको विरुद्ध ६ गोलको फराकिलो अन्तरले हरायो। यसरी नै दिनको दोस्रो म्याच लाचेन मंगन र सङ्ग निर्वाचन क्षेत्रबीच खेलिएको थियो जसमा लाचेन मंगन पाँच गोलले विजयी बन्यो।
आगामी ८ जनवरीको दिन हुने दोस्रो चरणको म्याचमा जुङ्ग र लाचेन मंगनबीच भिड़न्त हुनेछ जसमा विजयी समष्टिले जोरथाङमा हुने राज्यस्तरीय टुर्नामेन्टमा मंगन जिल्लालाई प्रतिनिधित्व गर्नेछ।
आजको म्याचहरूमा मंगनका विधायक तथा मन्त्री पिञ्चो नामग्यल लेप्चाको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement