अजय एडवाडर्सद्वारा गृहमन्त्री अमीत शाहलाई पत्रचार

IMG-20250104-WA0268

अब हुने त्रिपक्षीय वार्ता राजनैतिक स्तरको हुनुपर्छ: अजय एडवर्ड

दार्जिलिङ: गोर्खा, आदिवासी, राजबंशी समुदायहरूको मांग राजनैतिक विषय भएको हुनाले यस विषयमाथि अब हुने त्रिपक्षीय वार्ता राजनैतिक स्तरकै हुनुपर्छ भन्ने मांग गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवाडर्सद्वारा भारतको गृहमन्त्री अमीत शाहलाई पत्रचार गरेका छन्। यस विषयमा अजय एडवाडर्सद्वारा प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् -‘गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, दार्जीलिङ नगरपालिका, पञ्चायत समिति, ग्राम पञ्चायत जस्ता निर्वाचित क्षेत्रहरूमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट प्रमुख विपक्षी दल रहेको हुनाले दार्जीलिङ पहाड तराई डुवर्स एंव गोर्खा आदिवासी, राजबंशी समुदायहरूको सुन्दर भविष्यबारे सोच्ने हाम्रो पनि दाहित्व बन्छ।गत केही दिन अघि सिलगढीमा आयोजित सशस्त्र सीमा बल एसएसबीको ६१औं स्थापना दिवस समारोहपछि केन्द्रीय गृहमन्त्रीसँग दार्जीलिङको सांसद राजु विष्टले केन्द्रीय गृहमन्त्री अमित शाहसँग त्रिपक्षीय वार्ताको अनुरोध गरेका थिए। त्रिपक्षीय वार्ता चल्दै गरेको जनवरी २०२५ मा हुने अनि वार्तामा गोर्खा, आदिवासी, राजबंशी समुदायहरूको दीर्घकालिन मांग साथै गोर्खा समुदायको ११ जात गोष्ठीहरूलाई जन जातिमा समावेश गराउँने आदि विषय हुने बताएका थिए। त्रिपक्षीय वार्ताको मिति तय भएको छैन तर अब हुने त्रिपक्षीय वार्ता राजनैतिक स्तरको हुनुपर्छ नत्र ती त्रिपक्षीय वार्ताको कुनै अर्थ हुने छैन। त्यसकारण अब हुने त्रिपक्षीय वार्ता राजनैतिक स्तरमा हुनुपर्छ।इण्डियन गोर्खा जनशक्ति फ्रण्ड प्रमुख विपक्षी दल भएको हुनाले आयोजित त्रिपक्षीय वार्तामा गोर्खाहरूको दीर्घकालीन मांग एंव गोर्खाहरूको समस्याहरूमाथि आफ्नो पक्ष राख्ने हामीलाई पनि मौका दिनु पर्छ। दार्जीलिङ पहाड तराई डुवर्स एंव गोर्खा, आदिवासी, राजबंशी समुदायहरूबारे अन्य राजनैतिक दलहरूका नेतृत्वहरूको सोच के कस्ता छन् त्यसबारे उनीहरूलाई नै थाहा होला। तर इण्डियन गोर्खा जनशक्ति फ्रण्टले स्थायी समाधान चाहन्छन्। त्यसैकारण हामीले अब हुने त्रिपक्षीय वार्ता राजनैतिक स्तरको हुनुपर्छ भनेका हौँ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement