
समय थियो त्यो, जब खेल्थे चेस म
लाग्थ्यो म त्यही छु मैदानमा
चेसको कुशल खेलाडी म….
चाल्दै जान्थे एक एक पाइला
राजालाई बचाउँनु छ मलाई
तगडा खेलाडीहरूका चक्रव्यूहमा
कहिले लाग्थ्यो क्षितिजदेखि केहि माथि
अस्ताउन लागेको घाँम सरह…
फेरि सम्झन्थे अस्ताउन हुन्न।
मुक्त हुनुपर्छ राजा
त्यो प्रतिद्वन्द्वीको पञ्जाबाट
नयाँ बिहानी
नयाँ उमङ्गको साथ
राजालाई बचाउनु थियो।
बलहीन पारेर घेरिनु दिनुहुन्न।
विपक्षी ती दलहरूका जालभित्र
कस्तो अप्ठेरो उम्कने ठाउँ थिएन।
चेक………..
फसियो खेल मेरो
–आत्मसमर्पण!
सुनिश्चित ढंगमा
रचिएका चालहरू……
यस्तै चल्दैछ
कहिले विभाजनले
कहिले विकासले
कहिले परिस्थितिले
खै के भन्नु….?
सोच्थे कुशल खिलाडी म
आज समय छैन त्यो,
परिवेश पनि छैन
जब खेल्थे चेस म।