श्रीकान्त हारे पनि प्रणय जापान ओपनको क्वार्टर फाइनलमा

IMG-20220902-WA0093.jpg

२ सेप्टम्बरः भारतका स्टार ब्याडमिण्टन खेलाड़ी एचएस प्रणयले असल प्रदर्शनको क्रम जारी राख्दै सिंगापुरका पूर्व विश्व च्याम्पियन लोह कीन यू विरुद्ध सीधा सेटमा जीतको साथ जापान ओपन सुपर ७५० टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनाए। यसबीच किदाम्बी श्रीकान्त चाहिँ हारेर बाहिर भए। विश्व ऱ्याङकिंगमा आठौं नम्बरका खेलाड़ी प्रणयले आठौं वरीयता प्राप्त यू-लाई ४४ मिनटमा २२-२०, २१-१९-ले पराजित गरे। प्रणय गत हप्ता विश्व च्याम्पियनशीपको क्वार्टर फाइनलमा पुगेका थिए। सिंगापुरका खेलाड़ी विरुद्ध प्रणयको यो ४ वटा म्याचमा तेस्रो जीत हो। तीस वर्षीय भारतीय खेलाड़ीले अब क्वार्टर फाइनलमा चाइनीज ताइपेका चाउ तिएन चेनको चुनौती स्वीकार्नेछन्। यसबीच श्रीकान्त चाहिँ लयलाई कायम राख्न असफल भए अनि स्थानीय खेलाड़ी केण्टा सुनेयामा विरुद्ध १०-२१, १६-२१-ले हारको सम्मुखीन भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement