ब्रिसबेन: विश्वकी नम्बर एक खेलाड़ी तथा शीर्ष वरीयता प्राप्त बेलारुसकी आर्यना सबालेंकाले साल २०२५-को शुरुवात खिताबी जीतको साथ गरिन्। सबालेंकाले रुसकी पोलीना कुदरमेतोवालाई तीन सेटको संघर्षपूर्ण फाइनलमा ४-६, ६-३, ६-२-ले पराजित गरी ब्रिसबेन इण्टरनेशनल टेनिस टुर्नामेण्टको खिताब जितिन्। सबालेंकाको लक्ष्य १२ जनवरीदेखि शुरु हुने अष्ट्रेलियन ओपनमा लगातार तेस्रोपल्ट च्याम्पियन बन्ने रहेको छ। गत दुईपल्टकी च्याम्पियन सबालेंकाले यसपाली पनि अष्ट्रेलियन ओपनमा खिताब जित्न सके स्विट्जरल्याण्डकी मार्टिना हिंगिसपछि यस उपलब्धिलाई हासिल गर्ने पहिलो खेलाड़ी बन्नेछिन्। हिंगिसले १९९७-देखि १९९९-सम्म लगातार तीनपल्ट अष्ट्रेलियन ओपनको खिताब जितेकी थिइन्। ब्रिसबेनमा चाहिँ सबालेंकाले फाइनलमा कजाखस्तानकी एलीना रायबाकिनाविरुद्ध हारको सामना गर्नु परेको थियो। सबालेंकाले कुदरमेतोवाविरुद्ध धीमा शुरुवात गरिन्। उनले दुईपल्ट सर्विस गुमाएर पहिलो सेट पनि गुमाइन्। विश्वकी १०७औं नम्बरकी खेलाड़ी कुदरमेतोवाले बेसलाइनमा आफ्नो शक्तिशाली शट्हरूद्वारा सबालेंकालाई सताइन्। त्यसपछि रहल दुईवटा सेटमा चाहिँ सबालेंकाले तेज ग्राउण्ड स्ट्रोक्सको साथ म्याचमा पुनरागमन गरिन्। खिताब जितेपछि सबालेंकाले भनिन्, कुदरमेतोवाले असाधारण टेनिस खेलिन्। उनी फाइनल खेल्ने हकदार थिइन् अनि यस्तै प्रदर्शन जारी राखे उनी चाँड़ै शीर्ष ५०-मा पुग्नेछिन्। यो म्याच यादगार थियो अनि जीत हासिल गरेर म खुशी छु। यसबीच पुरुष एकलमा चाहिँ चेक रिपब्लिकका जीरी लेहकाले खिताब जिते। उनी फाइनलमा ४-१-ले अघि रहेको समय प्रतिद्वन्द्वी खेलाड़ी अमेरिकाका राइली ओपेल्काले नाड़ीको चोटले गर्दा म्याचबाट हट्ने फसेला गरे। ६ फूट ११ इञ्च अग्लो ओपेल्काले क्वार्टर फाइनलमा नोवाक जोकोविचलाई पराजित गरी उलटफेर गरेका थिए तर सेमिफाइनलमा पेरीकार्डलाई पराजित गरेको अवधि उनको नाड़ीमा चोट लागेको थियो।