दक्षिण अफ्रिकाद्वारा पाकिस्तानविरुद्ध टेस्ट सीरीज क्लीन स्वीप

IMG-20250107-WA0122

केपटाउन: दक्षिण अफ्रिकाले दोस्रो क्रिकेट टेस्ट म्याचमा पाकिस्तानलाई सजिलैसँग १० विकेटले पराजित गरी शानको साथ वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी)-को फाइनलमा स्थान बनायो। यो दक्षिण अफ्रिकाको लगातार सातौं टेस्ट म्याच जीत हो। यतिमात्र नभएर दक्षिण अफ्रिकाले २२ सालपछि पाकिस्तानलाई टेस्ट म्याचमा १० विकेटले पराजित गऱ्यो। यसअघि उनीहरूले डरबनमा २००२-मा पाकिस्तानविरुद्ध १० विकेटले जीत हासिल गरेका थिए। यसपाली दोस्रो टेस्टमा जीतको साथ दक्षिण अफ्रिकाले २ वटा टेस्ट म्याचको सीरीज पनि २-०-ले क्लीन स्वीप गऱ्यो। न्यूल्याण्ड्सको मैदानमा पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले रियान रिकल्टनको २५९, कप्तान तेम्बा बावूमाको १०६ अनि काइल वेरेनको १०० रनको सहायताले आफ्नो पहिलो ईनिंग्समा ६१५ रन बनाएको थियो। जवाफमा पाकिस्तानले आफ्नो पहिलो ईनिंग्समा केवल १९४ रन बनाउँदा दक्षिण अफ्रिकाले विपक्षी टीमलाई फलोअन् गरायो। यसरी पाकिस्तानले फेरि ब्याटिंग गर्दै आफ्नो दोस्रो ईनिंग्समा कप्तान शान मसूद (१४५)-को शतकको सहायताले ४७८ रन बनाउँदा दक्षिण अफ्रिकालाई म्याच जित्न ५८ रनको सजिलो लक्ष्य हासिल भयो। प्रोटियाजले पनि ४३ बलमै कुनै विकेट नगुमाइ ६१ रन बनाएर म्याच र सीरीज जित्यो। पाकिस्तानको गत केही सालदेखि सेना (साउथ अफ्रिका, ईंग्ल्याण्ड, न्यूजील्याण्ड र अष्ट्रेलिया) देशहरूमा प्रदर्शन चरम निराशाजनक रहेको छ। पाकिस्तानले साल १९९९-देखि अष्ट्रेलिया र दक्षिण अफ्रिकामा ३० वटा टेस्ट म्याच खेलेर केवल एउटा म्याच जितेको छ। रहल २९ वटा म्याचमा टीमले हारको सामना गर्नु परेको छ। पाकिस्तानले जितेको एकमात्र टेस्ट म्याच साल २००७-मा पोर्ट एलिजाबेथमा खेलिएको थियो। यतिमात्र नभएर पाकिस्तानको टीमले सेना देशहरूमा गत लगातार १६ वटा म्याचमा एउटा पनि जित्न सकेको छैन।

About Author

Advertisement