मुख्यमन्त्रीले गरे ज्येष्ठ नागरिक जसमाया राईको घर उद्घाटन

IMG-20250106-WA0315

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज ज्येष्ठ नागरिक जसमाया राईको निम्ति निर्माण गरिएको नयाँ घरको उदघाटन गरेर गृह प्रवेश गराए। उल्लेखनीय छ, गत वर्ष एउटा जनभेलामा ज्येष्ठ नागरिक श्रीमती राईले मुख्यमन्त्रीलाई भेटेर एउटा घर निर्माण गरिदिने आग्रह गरेकी थिइन्। मुख्यमन्त्री तामाङले उनको समस्यालाई गम्भीरतापूर्वक लिँदै गर्दै घर बनाइदिने वचन दिएका थिए।
श्रीमती राईलाई सरकारले सिक्किम गरीब आवास योजनाअन्तर्गत घर निर्माण गरिएको छ। “यो घर हाम्रा जनताको जीवन उत्थान गर्ने हाम्रो सरकारको समर्पणको प्रमाण हो,” मुख्यमन्त्री तामाङले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement