राज्यपाल माथुरसॅंग उत्तर प्रदेशका मन्त्रीहरूले गरे शिष्टाचार भेट

n646490203173618723419713fa04a0f6542ca536c0998e319abf72997cecf89a600aee131c82e4c7615da3

गान्तोक: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तर्फबाट प्रयागराजमा आयोजित हुने महाकुम्भको निमन्त्रणलाई लिएर, उत्तर प्रदेशको पञ्चायति राज मन्त्री ओम प्रकाश राजभर र सहकारिता मन्त्री जेपीएस राठौडले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।
उत्तर प्रदेशका मन्त्रीहरूले राज्यपाललाई महाकुम्भको आयोजनलाई लिएर विस्तारपूर्वक जानकारी दिॅंदै उनलाई यस आयोजनमा सामेल बन्न आमन्त्रित गरे। उनीहरूले यस महाकुम्भको अवसरमा देश-विदेशबाट लगभग ४५ करोड़ श्रद्धालुले भाग लिने सम्भावना रहेको पनि जानकारी गराए।
राज्यपाल माथुरले निमन्त्रणप्रति खुशी व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई धन्यवाद दिए। उनले भने, महाकुम्भमा सामेल हुनु मेरो निम्ति सम्मानको कुरा हो। उनले उत्तर प्रदेशका मन्त्रीहरूलाई धन्यवाद दिॅंदै यस आयोजनको सफलताको निम्ति आफ्नो शुभकामना दिए। राज्यपालले महाकुम्भ भारतीय संस्कृति र परम्पराहरूको प्रतीक रहेको बताए।

About Author

Advertisement