चिफ मिनिस्टर गोल्ड कप फुटबल प्रतियोगितालाई लिएर अन्तिम तयारी

IMG-20250103-WA0224

गान्तोक: जोरथाङ माघे संक्रान्ति मेलाको अवसरमा आयोजन गरिएको मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। आज जोरथाङमा नाम्ची जिल्ला फुटबल संघले कार्यक्रमको घोषमा गरेको छ। आज जोरथाङस्थित नगर परिषदको सम्मेलन हलमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको छ। पत्रकार सम्मेलनमा जूम सालघारीका विधायक तथा मकर संक्रान्ति माघे मेला आयोजक समितिका प्रमुख संरक्षक मदन सिन्चुरीरी र संघका पदाधिकारीहरुले आगामी कार्यक्रमबारे जानकारी दिएका हुन्। कार्यक्रमबारेमा कुरा गर्दै,राजु पाख्रिनले मुख्यमन्त्री गोल्ड कप प्रतियोगिताको सम्पूर्ण कार्यक्रममाथि प्रकाश पारे। उनले सिक्किम फुटबल संघका कार्य समितिका सदस्यहरूबाट प्राप्त सहयोगको बारेमा पनि जानकारी गराए। प्रतियोगितामा सहभागी टोलीहरूलाई आमन्त्रित गर्ने तयारी पूरा भइसकेको जानकारी पनि पत्रकार सम्मेलनमा दिएको छ। बसन्त योन्जनले मिडियालाई जानकारी दिँदै प्रतियोगितामा सिक्किम र देशका विभिन्न राज्यका १२ टोलीको सहभागिता रहने उल्लेख गरे। उनले प्रतियोगिता ९ जनवरीदेखि शुरु हुने बताए। जसको फाइनल खेल २१ जनवरीको दिन हुनेछ। उनले विजेता र उपविजेता दुवै टोलीलाई क्रमशः २० लाख र १० लाख नगद पुरस्कार प्रदान गरिने कुरा पनि प्रकाश पारे। उनले नगद पुरस्कार पनि मुख्यमन्त्रीद्वारा प्रायोजित गरेको उल्लेख गरे। यसबाहेक, एनडीएफएका अध्यक्ष र कोषाध्यक्ष दुवैले सबै फुटबलप्रेमीहरूलाई कार्यक्रममा सहभागी बन्न आह्वान पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement