गान्तोक: वरिष्ठ आइपीएस अधिकारी तथा हाल विशेष पुलिस महानिदेशक अक्षय सचदेवाले भोलिदेखि राज्यको पुलिस महानिदेशक (डीजीपी)को पदभार ग्रहण गर्नेछन्। स्वंय मुख्यमन्त्री प्रेमसिंह तामाङले यो जानकारी दिएका हुन्। आज पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत पारखामा एउटा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यो जानकारी दिएका हुन्। उल्लेखनीय छ, भोलि वर्तमान पुलिस महानिदेशक एके सिंहको कार्यकाल पूरा हुनेछ। सिंहले आफ्नो कार्यकालमा राज्यमा कानून व्यवस्था सुव्यवस्थित राखेर राज्यको विकासमा धेरै महत्वपूर्ण योगदान दिएको भन्दै मुख्मन्त्रीले उनलाई धन्यवादको साथमा शुभकामना पनि दिएका छन्।
उल्लेखनीय छ, अक्षय सचदेवा सिक्किमका एक चर्चित साथै विवादास्पद पुलिस अधिकारी हुन्।










