भाइचुङ स्टेडियममा शुरु भयो अन्तर निर्वाचनस्तरीय फुटबल प्रतियोगिता

IMG-20250103-WA0222

नाम्ची: आगामी मकर संक्रान्ति माघे मेला उत्सवको एक भागको रूपमा आयोजित अन्तर निर्वाचन क्षेत्रस्तरीय फुटबल प्रतियोगिताको जिल्लास्तरीय चरणको प्रतियोगिता आज नाम्चीको भाइचुङ स्टेडियममा शुरु भयो। प्रतियोगितामा कुल सात टोलीहरू सहभागी छन्। जसमा नाम्ची सिङ्गीथाङ. तिमी नाम्फिङ. बर्फुङ. नाम्थाङ रातेपानी. राङगाङ याङयाङ. मल्ली. पोक्लोक कामराङ सामेल छन्। उद्घाटन खेलमा, बर्फुङले तिमी नाम्फिङलाई ४-१ को स्कोरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। नाम्ची जिल्ला स्तरीय प्रतियोगिताको विजेताले राज्य स्तरीय अन्तर निर्वाचन क्षेत्र फुटबल प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्नेछ। राज्यस्तरीय खेलहरू ९ जनवरीदेखि जोरथाङ फुटबल मैदानमा हुनेछ। जसमा ६ जिल्लाका प्रत्येक विजेता टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। उल्लेख्य छ, सिक्किममा फुटबल खेलको विकासलाई केन्द्र गरेर राज्य सरकारको खेलकूद विभागले यस दिशामा लगातार रुपमा काम गर्दै आएको छ। जैरथाङ माघे मेलाको अवसरमा यस प्रकारको प्रतियोगिता वर्षेनी आयोजन गरिँदै एको छ। जसले गर्दा स्थानीय युवा खेलाडीहरुले आफ्नो प्रतिभा तिखार्ने अवसर प्राप्त गरिरहेका छन्।

About Author

Advertisement