विजय हजारे ट्रफीमा सिक्किमको मेघालयमाथि शानदार जीत

IMG-20250103-WA0223

गान्तोक: विजय हजारे ट्रफीअन्तर्गत आज मुम्बईमा सम्पन्न समूह बी-को एउटा म्याचमा सिक्किमले मेघालयलाई ३० रनले पराजित गऱ्यो। दुवै बल अनि ब्याटले उत्कृष्ठ प्रदर्शनी गर्ने सिक्किमका पाल्जोर तामाङ म्यान अफ् दी म्याच चनिए।
टस जितेर सिक्किमले पहिले ब्याटिङ गर्ने निर्णय लियो। ४४.२ ओभरमा अलआउट भएको सिक्किम जम्मा १८१ रन सङ्ग्रह गर्न सफल बन्यो जसमा पाल्जोर तामाङको ५३ रनको अर्धशतक पनि रहेको छ। पार्थ पलावट(३४) सँगको उनको ७२ रनको पार्टनरशीपले ६३ रनमा नै ४ विकेट गुमाएको सिक्किमलाई सम्मानजनक स्कोर बनाउन सहयोग गऱ्यो।
१८२ रनको लक्ष्यलाई पछ्याउँदै मैदानमा उत्रेको मेघालयले ४७.१ ओभरमा सबै विकेट गुमाएर केवल १५१ रन बनाउन सक्यो। बलिङ आक्रमणको नेतृत्व पनि पाल्जोर तामाङले नै गरेका थिए जसले २७ रन दिएर तीनवटा महत्वपूर्ण विकेट लिए।

About Author

Advertisement