गाेलाघाट(असम): गोलाघाट जिल्लाको बोकाखातस्थित बोरजुरी चिया बगानमा एकजना युवकले बञ्चरोले प्रहार गरी आफ्नै मामाको हत्या गरेको छ।
पुलिसले घटनाको जानकारी दिदै मृतक ४०बर्षीय मंगल मुर्मू रहेका छन्।
घटनाका आरोपी शिवा बाचनटलाई हिरासतमा लिइएको छ। गम्भीर रूपमा घाइते मंगल मुर्मूलाई तत्काल उपचारको निम्ति अस्पताल पुरयाए पछि डाक्टरले उनलाई मृत घोषित गरिदिए। यस घटनाको कारण उक्त क्षेत्रका स्थानीयवासी शोकमा छन्।