सोनादा डिग्री कलेजमा रोजगार प्राप्त ११ जनालाई प्रमाण पत्रहरु वितरण

IMG-20250103-WA0197

सोनादा: सोनादा डिग्री कलेजद्वारा केही महिना अघि कलेजको साथै स्थानीय विद्यार्थीहरुलाई लिएर जबको लागि ट्रेनिङ गराइएको थियो जसले हैदराबादमा काम पाएका छन्। ती विद्यार्थीहरुलाई आज कलेजका प्राचार्य डा रागिनी थापाको बाहुलीबाट जबको अफर लेटर प्रदान गरिएको छ‌। सोनादा डिग्री कलेजद्वारा कलेजको विद्यार्थीहरु र स्थानीय स्नातक उत्तीर्ण विद्यार्थीहरुलाई लिएर जबको लागि नि:शुल्क ट्रेनिङ गराइएको थियो। उक्त ट्रेनिङमार्फत् हैदराबादमा काम पाएका ११ जना विद्यार्थीहरुलाई जबको अफर लेटर प्रदान गरिएको छ। उक्त जबको अफर लेटर प्रदान गरिने कार्यक्रममा रसिक छेत्री, बिपिन बराल पनि उपस्थित रहेका थिए। यस कार्यक्रम विषयमा सोनादा डिग्री कलेजका प्राचार्य डा रागिनी थापाले हामीले २२ देखि २५ जने नानीहरुलाई ब्यांकिङ, फाईनेन्स र इन्सुरेन्समा ट्रेनिङ गराएको जानकारी गराएकी छन्। उनले ट्रेनिङपछि भएको इन्टरभ्युमा‌ ११ जनाले सफलता प्राप्त गरेको बताइन्।

यस विषयमा कमल कौशिक प्रधानले कलेजमा नानीहरुलाई ट्रेनिङ गराएको र पहिलो ब्याजमा ११ जना उत्तीर्ण भएको साथै दोस्रो लिस्टमा अरुको पनि नाम आउने जानकारी गराएका छन्। उनले अब हामी दोस्रो ब्याजको लागि पनि नानीहरु तयार पार्नु परेको कारणले अब रोजगार चाहानेहरुले कलेजसित सम्पर्क गरेर नाम लेखाउने पनि अनुरोध गरेका छन्।

About Author

Advertisement