रेलिंग: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा प्लेईंग सेवेन (नेपाल) ले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। शुक्रवार भएको म्याचमा प्लेईंग सेवेन (नेपाल) ले फ्यूचर स्टार स्पोर्टिंग क्लब (जोरथांग, सिक्किम) विरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। विजेता टीमबाट एकमात्र गोल शेखर राई ले छिराए। शेखर राई ले प्लेयर अव् द म्याचको ट्रफी जिते। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ।यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।