पुठिमारीमा तीन दिवसीय घोड़ा मेलाको चहल पहल

ghoda

नगाउँ (असम): नगाउँ जिल्लाको कामपुर पुठिमारीमा तीन दिवसीय घोड़ा मेलाको आयोजन भइरहेको छ। सो मेला पछिल्लो ७५वर्षदेखिकै पुठिमारी र मोरिसुती क्षेत्रका मानिसहरूले आयोजना गर्दै आइरहेका छन्।
जनविश्वास अनुसार उक्त मेलामा घोड़ा दान गर्नाले मनोकामना पूरा हुन्छभन्ने किम्बदन्ती छ । त्यसैले नववर्षको पहिलो तीन दिन हजारौं भक्तहरू सो मेलामा सहभागी हुन्छन्। पछिल्लो ७५ वर्षदेखिकै प्रचार बिनै सो मेला आयोजना हुँदै आइरहेको छ, तर यसलाई लिएर मानिसहरूको आस्था झन् बढ़्दै गइरहेकोले अब यो विश्वासको प्रतीक पनि बन्न पुगेको छ।
मेलाका आयोजकहरूका अनुसार मेलालाई व्यापक प्रचार र समर्थन जुटाउनको लागि अब सरकारी सहायताको आवश्यकता छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement