ड्रेसिंग रूमको कुराकानी मीडियामा लीक हुँदा निराश प्रशिक्षक गौतम गम्भीर

IMG-20250102-WA0126

सिडनी: भारतीय क्रिकेट टीमका मुख्य प्रशिक्षक गौतम गम्भीरले सिडनी टेस्ट म्याच अघि ड्रेसिंग रूमको कुराहरू बाहिर आएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। भारत र अष्ट्रेलियाबीच शुक्रवारदेखि सिडनी क्रिकेट ग्राउण्डमा शुरु हुने बोर्डर गावस्कर ट्रफी सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याच अघि गम्भीरले खेलाड़ीहरू र प्रशिक्षकबीच भएको कुराकानी मीडियामा लीक भइरहेको चर्चामाथि आक्रोश व्यक्त गर्दै यो राम्रो कुरा नभएको बताए। उल्लेखनीय छ, मेलबर्न टेस्ट म्याचको निराशाजनक हारपछि गम्भीरले ड्रेसिंग रूममा खेलाड़ीहरूमाथि रिस पोखाएको खबर प्रकाशमा आएको थियो। यसको साथमा गम्भीरले रणनीति अनुसार नखेलेकोमा खेलाड़ीहरूलाई चेताउनी दिएका छन्। भारत अहिले ५ वटा टेस्ट म्याचको सीरीजमा १-२-ले पछि रहेको छ। शुक्रवारदेखि शुरु हुने पाँचौं टेस्ट म्याच अघि गम्भीरले भने, प्रशिक्षक र खेलाड़ीहरूबीच हुने ड्रेसिंग रूमको कुराकानी त्यहीँ सीमित रहनु पर्छ। ड्रेसिंग रूममा ईमानदार मानिसहरू रहुञ्जेलसम्म भारतीय क्रिकेट सुरक्षित हातमा रहनेछ। केवल एउटा चीजले तपाईंलाई टीममा कायम राख्न सक्नेछ अनि त्यो हो प्रदर्शन। सबैको निम्ति टीमको सफलता प्राथमिकता हुनेछ। खेलाड़ीहरूले आफ्नो पारम्परिक खेल खेल्न सक्छन् तर टीम स्पोर्ट्समा व्यक्तिगत प्रदर्शनलाई मात्र ध्यानमा राखेर फाइदा हुनेछ।
हालै मेलबर्नमा चौथो टेस्ट म्याचमा हारपछि भारतीय ड्रेसिंग रूपमा तनाउनको माहोल रहेको खबर प्रकाशमा आएको थियो। रिपोर्टमा प्रशिक्षक गम्भीरले निराशाजनक प्रदर्शनपछि खेलाड़ीहरूमाथि रिस पोखाएको बताइएको थियो। गम्भीरले बताएअनुसार, खेलाड़ीहरूले टीमको योजनाहरू अनुसार खेल्नुको सट्टा आफ्नो हिसाबले काम गरिरहेका चन्। उनले सेप्टेम्बरमा बंग्लादेशविरुद्ध घरेलु सीरीजपछि केही ब्याटरहरूले लगातार खराब प्रदर्शन गरिरहेको पनि उल्लेख गरे तर उनले कसैको नाम चाहिँ लिएनन्। प्रशिक्षक गम्भीरले पेस बलर आकाश दीप पाँचौं टेस्ट म्याचबाट बाहिर रहने पनि पुष्टि गरे। आकाश दीप ढाड़को समस्यासँग जुझिरहेका छन्। यसैकारण उनी सिडनी क्रिकेट ग्राउण्डमा पाँचौं टेस्ट म्याचको निम्ति उपलब्ध रहनेछैनन्। आकाश दीपले गत २ वटा टेस्ट म्याचमा ५ विकेट लिएका थिए। यसबीच उनको फील्डिंग चाहिँ खराब रह्यो अनि केही क्याच पनि फुत्काएका थिए। आकाश दीपले विशेषगरी ब्रिसबेन टेस्ट म्याचमा अन्तिम विकेटको निम्ति जसप्रीत बुमराहसँग महत्त्वपूर्ण पार्टनरशीप गरेर भारतलाई फलो अन्-को संकटबाट बचाएका थिए। गम्भीरले आकाश दीप ढाड़को समस्याले गर्दा पाँचौं टेस्ट म्याचबाट बाहिर रहने बताए। यसको साथमा प्रशिक्षक गम्भीरले पाँचौं टेस्ट म्याचको निम्ति अन्तिम एकादशको फसेला पीच हेरेर मात्र गरिने बताए। आकाश दीप टीमबाट बाहिर हुँदा एकपल्ट फेरि स्टार पेस बलर बुमराहमाथि भार बढ़्नेछ। पूरा सीरीजमा मेलबर्न टेस्ट म्याचलाई छोड़ेर बुमराहले एक प्रान्तबाट टीमको बलिंग सम्हालेका छन्। उनले ४ वटा टेस्ट म्याचमा ३० विकेट हासिल गरेका छन्। आकाश दीपको स्थानमा कुन खेलाड़ीले टीममा मौका पाउनेछन् भन्ने हेर्नु रोचक हुनेछ।

About Author

Advertisement