नयाँ दिल्ली: अष्ट्रेलियामा जारी ५ वटा टेस्ट म्याचको सीरीजमा कड़ा चुनौती पेश गरेर पनि भारत पछि रहेको छ। वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलको निम्ति क्वालीफाई गर्ने आशालाई कायम राख्न भारतले सीरीजको पाँचौं सथा अन्तिम टेस्ट म्याचमा जसरी भए पनि जीत हासिल गर्नु पर्नेछ। सिडनी टेस्ट म्याचमा हारको अर्थ नै भारतको लगातार तेस्रोपल्ट डब्ल्यूटीसी फाइनल खेल्ने सम्भावना समाप्त हुनु हो। भारतको निम्ति अष्ट्रेलियाई माटोमा लगातार तेस्रो टेस्ट सीरीज जित्ने सम्भावना समाप्त भए पनि सिडनी क्रिकेट ग्राउण्ड (एससीजी)-मा खेलिने नयाँ सालको पहिलो टेस्ट म्याचमा भारतको निम्ति हासिल गर्ने धेरै कुराहरू रहेको छ। पाँचौं टेस्ट म्याचमा जीत हासिल गर्न सके सीरीज २-२-ले ड्र हुनेछ अनि बोर्डर गावस्कर ट्रफी भारतले आफूसँग कायम राख्नेछ। यसरी ट्रफी आफूसँग कायम राख्न भारतले एससीजी-मा जसरी भए पनि जीत हासिल गर्नु पर्नेछ।
यसबीच एससीजी-मा भारतले रेकर्ड चाहिँ त्यति राम्रो रहेको छैन। यसैकारण भारतलाई मेलबर्नमा जीतको आवश्यकता थियो, जहाँ टीमले ४ वटा टेस्ट म्याच जितेको थियो। भारतले सिडनीमा अहिलेसम्म १३ वटा टेस्ट म्याच खेलेर केवल एउटा जितेको छ। भारतले ५ वटा म्याच हारेको छ जबकि रहल ७ वटा टेस्ट ड्र रहेको छ। भारतले यस मैदानमा एकमात्र जीत १९७८-मा हासिल गरेको थियो। त्यस समय कप्तान बिशन सिंह बेदीको अगुवाईमा भारतले बब सिम्पसनको कप्तानीमा रहने अष्ट्रेलियालाई २ रनले पराजित गरेको थियो। अहिले जारी सीरीजमा चाहिँ अष्ट्रेलिया २-१-ले अघि रहेको छ। भारतले पर्थमा सीरीजको पहिलो म्याच जितेपछि ब्याटरहरूका खराब फर्मले गर्दा रहल म्याचहरूमा चरम दबाउको सामना गर्नु परेको छ।