मिचेल मार्श बाहिर अनि स्टार्कले खेल्ने पुष्टि गरे कप्तान कमिन्सले

IMG-20250102-WA0101

सिडनी: अलराउण्डर ब्यू वेबस्टरलाई शुक्रवारदेखि भारतविरुद्ध शुरु हुने पाँचौं तथा अन्तिम टेस्ट म्याचको निम्ति खराब फर्मसँग जुझिरहेको मिचेल मार्शको स्थानमा अष्ट्रेलियाई टीममा सामेल गरिएको छ। आयोजक टीमका कप्तान प्याट कमिन्सले यस्तो जानकारी दिएका छन्। भारतविरुद्ध जारी सीरीजको ४ वटा टेस्ट म्याचको ७ वटा ईनिंग्समा ३३ वर्षीय मार्शले केवल ७३ रन बनाएका छन्। यसरी उनले अहिलेसम्म ३३ ओभर बलिंग गरेर केवल ३ विकेट हासिल गरेका छन्। कमिन्सले म्याचको पूर्वसन्ध्यामा भने, हाम्रो टीममा एउटा फेरबदल रहेको छ। मिचेल मार्शको स्थानमा ब्यू वेबस्टर खेल्नेछन्। मिचेललाई उनी रन बनाउन असफल भइरहेको कुरा थाहा छ। भारत ए विरुद्ध नोभेम्बरमा म्याच खेल्ने ३१ वर्षीय वेबस्टरले प्रथम श्रेणीको क्रिकेटमा १४८ विकेट लिनको साथै ५२४७ रन बनाएका छन्। यसको साथमा कमिन्सले मिचेल स्टार्कको फिटनेसबारे अड़कलबाजीमा विराम लगाउँदै यस पेस बलरले पाँचौं टेस्टमा खेल्ने पनि पुष्टि गरे। उनले भने, स्टार्कको स्क्यान गरिएको थियो। रिपोर्टमा उनी म्याच खेल्न फिट रहेको पुष्टि भयो। बक्सिंग डे टेस्ट म्याचको अवधि स्टार्कको करंगमा चोट लागेको थियो तर टीम फिजियोको सहायताले उनले प्रभावशाली बलिंग गरेर आफ्नो टीमलाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

About Author

Advertisement