चोट रहे पनि स्टार्क मैदानमा ओर्लिन सक्ने सम्भावना व्यक्त गरे एलेक्स केरीले

IMG-20250101-WA0604

सिडनी: अष्ट्रेलियाका विकेटकीपर एलेक्स केरीलाई पेस बलर मिचेल स्टार्क चोटको पीड़ा रहे पनि भारतविरुद्ध शुक्रवारदेखि यहाँ शुरु हुने बोर्डर गावस्कर ट्रफी सीरीजको पाँचौं तथा अन्तिम म्याचमा खेल्ने आशा रहेको छ। यस ३४ वर्षीय देब्रे हातका पेस बलरको फिटनेस अष्ट्रेलियाई टीमको निम्ति चिन्ताको विषय बनेको छ। उनी बक्सिंग डे टेस्ट म्याचमा तेस्रो दिनदेखि नै करंगको हड्डीको पीड़ासँग जुझिरहेका थिए तर पनि टीमका फीजियोको सहायताले उनी बलिंग गर्न सफल रहे। केरीले बुधवार भने, उनी ठीक हुनेछन्। उनले पाँचौं टेस्ट म्याच खेल्ने सम्भावना छ। अष्ट्रेलियाई चयनकर्ताहरूले टेस्ट म्याचको ठिक अघि स्टार्कको फिटनेसबारे फसेला गर्नेछन् तर केरीलाई चाहिँ आफ्नो साथी खेलाड़ीको फिटनेसलाई लिएर कुनै चिन्ता छैन। उनले भने, म लामो समयदेखि उनीसँग खेलिरहेको छु। उनी दह्रिलो क्रिकेटर हुन्। उनको छात्तीमा निश्चित रूपले पीड़ा छ अनि यसले सताउने गर्छ तर उनी आउँदो म्याच खेल्ने तयार रहने मलाई विश्वास छ। अष्ट्रेलियालाई २०१४-१५ पछि बोर्डर गावस्कर ट्रफी हासिल गर्न पाँचौं तथा अन्तिम टेस्ट म्याच जित्नु पर्नेछ या ड्र गर्नु पर्नेछ। पाँचौं टेस्टमा अष्ट्रेलिया पराजित भए ट्रफी लगातार पाँचौंपल्ट भारतको झोलीमा जानेछ। यसबीच स्टार्कलाई नखेलाइए पेस बलर झाय रिचर्डसनले टीममा स्थान पाउन सक्छन्, जसले आफ्नो अन्तिम टेस्ट म्याच दिसम्बर २०२१-मा खेलेका थिए। रिचर्डसनलाई टीममा चयन गरिने सम्भावनाबारे केरीले भने, म त्यस्तो सोचिरहेको छुइनँ तर मौका पाए उनले पनि त्यसको फाइदा उठाउने पूरा कोशिश गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement