दुबई: भारतीय अफ् स्पिनर दीप्ति शर्माले वेष्ट इण्डिजविरुद्ध घरेलु सीरीजमा असाधारण प्रदर्शनको दममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला एकदिने बलरहरूकी ऱ्याङकिंगमा एक स्थानको फाइदासहित पाँचौं स्थान हासिल गरेकी छन्। शीर्ष पाँचमा स्थान बनाउने दीप्तिसँग ६६५ रेटिंग पोइण्ट्स रहेको छ अनि उनी चौथो स्थानमा रहने दक्षिण अफ्रिकाकी मारिजेन केम्पभन्दा १२ पोइण्ट्सपछि रहेकी छन्। दीप्ति (२७ वर्षीय) ले वेष्ट इण्डिजविरुद्ध दुईवटा म्याचमा ८ विकेट हासिल गरेकी थिइन् जसमा अन्तिम म्याचमा ३१ रन खर्च गरी हासिल गरेको ६ विकेट सामेल छ। ब्याटरहरूकी ऱ्याङकिंगमा जेमिमा रोड्रिग्स ५३७ पोइण्ट्सको साथ शीर्ष २०-मा सामेल हुने नजिक पुगेकी छन्। सीरीजमा २९ र ५२ रन बनाएपछि उनी चार स्थानको फाइदासहित २२औं स्थानमा रहेकी छन्। आक्रामक विकेटकीपर ब्याटर रिचा घोष पनि ७ स्थान अघि बढ़ेर ४१औं स्थानमा पुगेकी छन्। उनीसँग ४४८ पोइण्ट्स रहेको छ। सीरीजमा २ वटा अर्द्धशतक बनाउने भारतकी स्टार ओपनिंग ब्याटर स्मृति मन्धना (७२० पोइण्ट्स) चाहिँ एक स्थानको नोक्सानसहित तेस्रो स्थानमा रहेकी छन्। भारतीय कप्तान हरमनप्रीत कौर तीन स्थान झरेर १३औं स्थानमा पुगेकी छन्।