राज्यपाल ओम प्रकाश माथुरले दिए राज्यवासीलाई नयाँ वर्ष २०२५ को शुभकामना

IMG-20250101-WA0609

गान्तोक: राज्यका राज्यपाल ओम प्रकाश माथुरले नयाँ वर्ष २०२५ शुभ अवसरमा राज्यबासीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
आफ्नो शुभकामना सन्देशमा, राज्यपालले भने, “नयाँ वर्षले नयाँ संकल्प, भेट्नका लागि नयाँ मानिसहरू, रमाइलो गर्नका लागि नयाँ साहसिक कार्य र सिर्जना गर्नका लागि नयाँ सम्झनाहरू सहितको नयाँ सुरुवातको प्रतिक हो। नयाँ वर्षले देश र विश्वमा नयाँ आशा, मानवता, सेवा, परोपकार र शान्तिको भावना जगाओस्। हामी सबैले नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाका साथ नयाँ भारत निर्माण गर्न समर्पित भावनाका साथ मिलेर काम गर्नुपर्छ।
नयाँ वर्षको अवसरमा राष्ट्र निर्माण र राज्यको कल्याणप्रतिको हाम्रो प्रतिबद्धतालाई पुन: पुष्टि गरौं र भारतलाई ‘विश्व गुरु’ बनाउने महान लक्ष्य प्राप्त गरौं। सोही प्रकारले मुख्यमन्त्री प्रेम सिंह तामाङले पनि नयाँ वर्ष २०२५ को शुभ अवसरमा राज्यवासीलाई हार्दिक बधाइ साथै शुभकामना दिएका छन्। सिक्किम शान्ति, सद्भाव र असीमित सम्भावनाको भूमि रहेको बताउँदै राज्यको सामूहिक शक्ति यसको पूर्ण क्षमतालाई चिन्हित गर्दै काम गर्न सदैव समर्पित रहेको बताएका छन्। विगतका वर्षहरूमा राज्यका जनताले देखेको प्रगति हाम्रा जनताको सक्रिय सहभागिता र समर्पणको प्रमाण हो, जो प्रत्येक उपलब्धिको मुटुमा रहन्छन्।
राज्य सरकार जनताको अटल विश्वास र समर्थनको लागि गहिरो आभार व्यक्त गरेको उल्लेख गरेका छन्। राज्यका नागरिकहरूको दृढ प्रतिबद्धता र सार्वजनिक सेवकहरूको अथक प्रयासको साथै सबैको लागि उज्ज्वल, अझ समृद्ध भविष्य निर्माण गर्न जारी राख्न मुख्यमन्त्रीले बचन दिएका छन्।

About Author

Advertisement