दार्जिलिङ हिमालयन रेलवेको दार्जिलिङ लोकोसेडको दुईजना कर्मचारीको बिदाई समारोह सम्पन्न

IMG-20241231-WA0293

खरसाङ: दार्जिलिङ हिमालयन रेलवेको दार्जिलिङ लोकोसेडको दुईजना कर्मचारीको बिदाई समारोह सम्पन्न भएको छ। बिदाई कर्मचारीमा सिनियर लोको पाईलट आनन्द लामा र सिनियर सेक्शन ईञ्जिनियर छत्रबहादुर छेत्री सामेल छन्। उक्त बिदाई समारोह दार्जिलिङ हिमालयन रेलवे स्टेशनको प्रबन्धक सुमन प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ।‌ कार्यक्रमको प्रथममा कार्यक्रम अध्यक्ष सुमन प्रधानको बाहुलीबाट बिदाई दुईजना कर्मचारीहरुलाई जातीय टोपी र खदा लगाएर सम्मान जनाइयो।‌ यसको साथै उपस्थित कर्मचारीहरुले खदार्पण गरेर सम्मान जनाए भने स्मृति चिन्हस्वरुप वाष्पचालित ईञ्जिनको मोडेल प्रदान गरिएको थियो। यसको साथै कर्मचारी मिराज विश्वकर्मले दुवै बिदाई कर्मचारीलाई शल ओढाएर सम्मान गरेका थिए। आनन्द लामा तीनधारे निवासी हुन् जसले १९८३ सालमा ग्रुप डी कर्मचारीको रुपमा नियुक्त भएर लोकोसेडमा ४० वर्ष कार्य गर्दै पदोन्नति भएर सिनियर लोको पायलट पदमा पुगेर ३१ दिसम्बर २०२४मा अवकाशप्राप्त भएका छन्। त्यसरी नै छत्रबहादुर छेत्री खरसाङको गिध्द पहाड निवासी हुन् जसले १९९१ सालमा ग्रुप डी कर्मचारीको रुपमा नियुक्त भएर खरसाङको प्रिन्टिङ प्रेसमा नियुक्त भएर धेरै वर्ष सेवा गरेपछि २०१९ देखि मेकेनिकल विभागमा स्थान्तरण भएर सिलगढीमा केही वर्ष कार्य गरेर २०२२ सालदेखि दार्जिलिङ लोको शेडमा कार्य गरेर ३१ दिसम्बर २०२४ मा अवकाशप्राप्त भएका छन्। यस बिदाई समारोहमा बिदाई दुवै कर्मचारीले उपस्थित कर्मचारीहरुलाई दार्जिलिङ हिमालयन रेलवेलाई माया गरेर काम गर्नु पर्ने र यसलाई संरक्षण गर्नु पर्ने सुझाव राखेका छन्‌। यस समारोहलाई कर्मचारी टेण्डुप शेर्पाले सञ्चालन गरेका थिए भनी तीनधारेबाट रेलवे कर्मचारी नरेन बम्जनले जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement