राज्यपालसॅंग डा. सुनील प्रसादको भेंट

IMG-20241231-WA0346

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग डा. सुनील प्रसाद, सहायक प्रोफेसर, एनईआरआईएम, असमले शिष्टाचार भेट गरेकाछन। डा. सुनील प्रसाद मूलरूपमा जोरथाङ, दक्षिण सिक्किम निवासी हुन्।
उक्त जानकारी राजभवनले आज विज्ञप्ति मार्फत जानकारी गराएका छन्।

सो भेटको क्रममा सहायक प्रोफेसरले आफुद्वारा सम्पादित पुस्तक ‘एरियाज अफ सोशल वर्क प्रेक्टिस’, राज्यपालाई भेंट स्वरूप प्रदान गरे, उक्त कृति ब्लूम्सबरी पब्लिकेशनद्वारा प्रकाशित गरिएको हो। पुस्तक अन्य तीन प्रोफेसरद्वारा सह- सम्पादित गरिएको हो।
राज्यपालले डा. सुनील प्रसादलाई उनका प्रयासहरूको सराहना गर्दै भविष्यको निम्ति शुभकामना दिएका छन्।

About Author

Advertisement