सिलगढी: सिलगढी नजिकैको फुलबारीमा चोरहरूले एक घरबाट एउटा मोबाइल र हजारौं रुपियाँ चोरी गरेका छन्। घटना सिलगढी नजिकैको फुलबारी नम्बर २ ग्राम पञ्चायतको पूर्वी धन्तलाको जयनगर कालोनी क्षेत्रमा मंगलबार राति भएको बताइएको छ। सोही क्षेत्रका अमित शीलको घरमा चोरी भएको बताइएको छ।

उनको एउटा सानो सैलुन छ। त्यहाँबाट भएको आम्दानीले परिवारको गुजारा चल्छ। हिजो राति पसलबाट आएर खाना खाएर सुतेका थिए । आज बिहान उठ्दा उनले आफ्नो मोबाइल फोन र हजारौं रुपियाँ चोरी भएको देखे। यस विषयमा नयाँ जलपाईगढी थानाको पुलिसलाई जानकारी गराइ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।