गान्तोक: राज्यका शहरी विकास विभाग मन्त्री भोजराज राईले आज वेस्ट पोइन्ट मलमा फुड पोइन्ट कर्नरको उदघाटन गरे। यस कर्नरमा पिजा हट, डोमिनस र सबवे सामेल रहेको छ।
पत्रकारहरूलाई सम्बोधन गर्दै मन्त्री राईले गान्तोकमा यति ठूलो मल निर्माण हुनु स्थानीयहरूको निम्ति मात्र नभएर पर्यटकहरूलाई पनि यसले आकर्षित गराउने बताए। यस मलमा स्थानीय चार सय जति वेरोजगार युवाहरूले काम पाएको र उनीहरूको वेतन राज्य सरकारले जारी गरेको नोटिफिकेसन अनुसार हुने मालिक पक्षसँग सम्झौता भएको बताए। उल्लेखनीय छ, राज्य सरकारले न्यूनतम हाजिरा प्रतिदिन पाँचसय रूपियाँ हुनु पर्ने नोटिफिकेसनमा उल्लेख गरेको छ भने सोही अनुरूप हाल राज्यभरि सञ्चालित निजी कारखानहरूले लागु गरिसकेको छ। यस अवसरमा गान्तोक नगर निगमकी उपयमेयर छिरिङ पाल्देन भोटिया, गान्तोकका पार्षद सन्दीप मालु लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।









