खरसाङ बजारमा घरेलु ग्यासको समस्यालाई लिएर नगरपालिका र ग्यास एजेन्सीहरुमाझ सभा सम्पन्न

IMG-20241230-WA0209

खरसाङ: खरसाङ बजार क्षेत्रमा घरेलु ग्यासको अभाव साथै बिहान लामो लाइन लागेर ग्यास थाप्नु परेको जन अवस्था र मानिसहरुले भोग्नु परेको समस्याहरुलाई लिएर आज खरसाङ नगरपालिकाद्वारा ग्यास एजेन्सीहरुसित सभा गरेको छ। उक्त सभामा ग्यास उपभोक्ताहरुले खरसाङ बजारमा घरेलु ग्यासलाई लिएर भोग्न परिरहेको समस्याहरुसित चर्चा परिचर्चा गरेको छ। सभामा घरेलु ग्यासको समस्याहरु किन भयोे र यसको समाधानको ‌लागि के कसो गर्नु पर्ने भन्ने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। उक्त सभापछि पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको‌ भाइस चेयरम्यान सुवास प्रधानले अहिले खरसाङ बजार क्षेत्रमा देखा परेको घरेलु ग्यासको समस्या भईरहेको र यसको चाढै समाधान हुने आशा व्यक्त गरेका छन्। उनले अहिलेको भीडभाड र फेसबुकमा देखेर विचलित नहुने पनि अनुरोध गरेका छन्।

About Author

Advertisement