मेलबर्न: भारतीय ब्याटरहरूका अझ एउटा निराशाजनक प्रदर्शनबीच अष्ट्रेलियाले चौथो टेस्ट म्याचमा १८४ रनले जीत हासिल गरी ५ वटा टेस्ट म्याचको बोर्डर गावस्कर ट्रफी सीरीजमा २-१-को बढ़त हासिल गऱ्यो। यस निराशाजनक हारको साथै निरन्तर असफल रहने भारतीय टीमका कप्तान रोहित शर्मा र विराट कोहलीको सन्न्यासको माग उठ्न थाल्यो। जीतको निम्ति ३४० रनको लक्ष्यलाई पीछा गर्दै भारतीय टीमको दोस्रो ईनिंग्स सोमवार केवल १५५ रनमा समेटियो। टीमका दुईजना सीनियर ब्याटर रोहित र कोहलीले फेरि निराशाजनक प्रदर्शन गरे। यसमा रोहितले ९ र कोहलीले केवल ५ रन बनाए। मेलबर्न क्रिकेट ग्राउण्डमा चौथो टेस्ट म्याचको पाँचौं दिन हारको सम्मुखीन हुनको साथै भारतको लगातार तेस्रोपल्ट डब्ल्यूटीसी फाइनलमा पुग्ने सम्भावनालाई पनि ठूलो झट्का लाग्यो। भारतको निम्ति आज पहिलो ईनिंग्समा झैं यशस्वी जयसवालले लड़ाकू ८४ रन बनाए। उनी तेस्रो अम्पायरको विवादित फसेलाले गर्दा आउट भए। जयसवालले २०८ बलको सामना गरी ८ वटा चौका लगाए।
यसअघि आइतवारको स्कोर ९ विकेटमा १२८ रनदेखि अघि खेल्दै अष्ट्रेलियाले आफ्नो दोस्रो ईनिंग्सको स्कोरमा ६ रन जोड़ेर रहल एक विकेट गुमायो। यसरी अष्ट्रेलियाको दोस्रो ईनिंग्स २३४ रनमा समाप्त हुँदा भारतलाई म्याच जित्न ३४० रनको लक्ष्य हासिल भयो। भारतको शुरुवात खराब रह्यो अनि कप्तान रोहित अति रक्षात्मक शैलीमा खेल्ने हुँदा केवल ९ रन बनाएर आउट भए। त्यसपछि केएल राहुल शून्य र कोहली केवल ५ रन बनाएर आउट हुँदा भारतको स्कोर ३ विकेटमा ३३ रन रहेको थियो। त्यहाँबाट जयसवालले रिषभ पन्तसँग मिलेर धैर्यको साथ खेल्दै चौथो विकेटको निम्ति ८८ रनको पार्टनरशीप गरे। धैर्यको साथ खेलिरहेको पन्त ईनिंग्सको ५९औं ओभरमा आक्रामक शट् खेल्ने प्रयासमा ट्रेविस हेडको बलमा आउट हुनको साथै भारतको पतन शुरु भयो। त्यसपछि रविन्द्र जडेजा २, पहिलो ईनिंग्समा शतक बनाउने नीतिश कुमार रेड्डी १, वाशिंगटन सुन्दर ५ र आकाश दीप ७ रन बनाएर आउट भए। क्रीजमा अडिग रहने जयसवाल सातौं ब्याटरको रूपमा आउट भए। अष्ट्रेलियाई बलरहरूमा प्याट कमिन्स र स्कट बोलाण्डले ३-३ विकेट लिए।

म्याचमा अष्ट्रेलियाले आफ्नो पहिलो ईनिंग्समा ४७४ रन बनाएको थियो। त्यसपछि भारतले आफ्नो पहिलो ईनिंग्समा ३६९ रन बनाएको थियो।











