पहाडको शिक्षालाई व्यवस्थित बनाउनेतर्फ आफूहरू अग्रसर छौ: सभासद सञ्चबीर सुब्बा

photocollage_202291175533993.jpg

मिरिक: पहाडको शिक्षालाई व्यवस्थित बनाउनेतर्फ आफूहरू अग्रसर रहेको कुरा जीटीएका शिक्षा विभागीय कार्यकारी सभासद सञ्चबीर सुब्बाले दावी गरेका छन् । जीटीएको सभा चाँडै बस्ने अनि पहाडको जल्दो बल्दो समस्याहरुलाई निकासको मार्ग प्रदान गर्ने पनि तिनले बताएका छन्। मिरिक आइपुगेका शिक्षा विभागका सभासद सञ्चबीर सुब्बाले आज यहाँको विभिन्न सरकारी पाठशाला साथै मिरिक डिग्री कलेज पुगेर त्यहाँको वस्तुस्थति बुझ्ने प्रयास गरे। हाल मिरिकका पाठशालाहरुले धेरै समस्याहरु भोगिरहेको कुरा आफुले महसुस गरेको साथै विशेष गरेर शिक्षक नियुक्तिको प्रक्रिया अनि म्यानेजिङ कमिटीहरुको भुमिकामाथि चर्चा गरिएको तिनले बताए। यस अवधि पहाडका विभिन्न पाठशालाहरुमा कार्यरत स्वयसेवक शिक्षकहरुले पुराने पद्धतिले नियुक्ति पाउनु पर्ने माग गरिरहेको अनि अन्य शिक्षित बेरोजगारहरुले भने पहाडमा नियुक्ति प्रक्रियालाई प्रणालीमा ल्याउन पर्ने दवाउबीच जीटीए ले मध्यमार्गको पथ अंगाल्ने तिनले संकेत दिएका छन्। मिरिक डिग्री कलेजको सन्दर्भमा सर्वप्रथम कलेज भवन निर्माण भएको जमीन नै समस्या हो भन्दै तिनले जमिनको मालिकाना हस्तान्तरण कलेजलाई भए पछि मात्र युजीसी-ले अन्य सुविधाको दिनसक्ने प्रावधान रहेकोले कलेजमा अन्य विभागहरु थप्न नसकिएको बताए। जमीनको हस्तान्तरण कलेजलाई दिलाउने तर्फ कार्य भइरहेको पनि तिनले अवगत गराए।

About Author

Advertisement