दार्जिलिङ: इण्डियन गोर्खा जनशक्ति फ्रण्टले दार्जिलिङमा गिरी जयन्ती पालन गरेको छ। दार्जीलिङ पहाडको प्रसिध्द पयर्टन स्थल माल रोडमा अवस्थित इन्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यालय पी कोठीमा नेपाली जातीय कवि अगमसिंह गिरीको जन्म जयन्ती पालन गरेको छ।आयोजित समारोहमा इन्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै महेन्द्र छेत्री, प्रकाश गुरूङ, शारदा राई सुब्बा, डीके गुरूङ लगायत पहाड तराई डुवर्स आदि क्षेत्रका नेतृत्वहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको शुभारम्भमा इन्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवाडर्सको बाहुलीद्वारा पार्टी केन्द्रीय कार्यालयमा पार्टीको झण्डा उत्तोलन गरियो। त्यस क्रममा नेपाली जातीय कवि अगमसिंह गिरीको तस्वीरमा दीप प्रज्वलन, माल्यार्पण आदि जस्ता कार्यहरू गरियो।

अर्कोतिर इन्डियन गोर्खा जनशक्ति फ्रण्टको समर्थकहरूले पहाड तराई डुवर्स आदि क्षेत्रहरूमा ब्यापक मात्रमा पार्टीको झण्डा लगाउँने कार्यहरू गर्दै आईरहेका छन् भने आज सुकना पानीघट्टा आदि क्षेत्रहरूमा पार्टीको झण्डा लगाउने कार्यहरू गरिएको जानकारी प्राप्त भएको छ।