राज्यस्तरीय बक्सिङ च्याम्पियनशीपमा सोरेङ जिल्लालाई ७ पदक

IMG-20241227-WA0269

सोरेङ: नाम्चीमा आयोजित सिक्किम राज्यस्तरीय २०औं एलिट, पुरुष तथा महिला बक्सिङ च्याम्पियनशीप २०१४ मा सोरेङ जिल्लाले उत्कृष्ट प्रदर्शनी गरेको छ। सोरेङ जिल्ला बक्सिङ संघको नेतृत्वमा जिल्लाबाट १० जना बक्सरहरुले भाग लिएका थिए। जसमा ४ रजत पदक र ३ काँस्य पदक जित्न सफल भएको थियो। उक्त प्रतियोगिता नाम्ची जिल्ला बक्सिङ संघद्वारा सिक्किम एमेच्योर बक्सिङ संघको सहयोगमा आयोजना गरिएको थियो। सोरेङ जिल्ला बक्सिङ संघको नेतृत्वमा एलिट पुरुष तथा महिलाहरुमा प्रतीक सुब्बा, दुर्गा प्रसाद शर्मा, सोनाम तोप्देन शेर्पा, शिवम लिम्बू, अजय बर्मन, सीता सुब्बा, अन्यल लिम्बू, अविनाश प्रधान, प्रणिता छेत्री थिए। टोलीको प्रशिक्षक देवकुमार छेत्री, सुमन लेप्चा, सन्तोषकुमार लिम्बू थिए।

About Author

Advertisement