बिर्तामोड़: झापा बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष वासुदेव खतिवडाले झुन्डिएर आत्महत्या गरेका छन्। घरदेखि ५० मिटर टाढा किम्बुको रुखमा झुन्डिएर ६५ वर्षीय खतिवडाले आत्महत्या गरेका हुन्।
उनले आत्महत्या गर्नुपर्ने कारण नखुलिसकेको प्रहरीले जनाएको छ। उनी बि.सं.२०७४(२०१७) सालमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। त्यसअघि बि. सं.२०४८(२०१२) सालमा पनि उनी साबिक शान्तिनगर गाविस वडा नं. ३ मा वडाध्यक्ष निर्वाचित भएका थिए।