काठमाण्डू: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी घटकहरुसँगको एकता प्रक्रियाबाट आफूहरु ब्याक नभएको र कोही अतालिनु नपर्ने बताएका छन्। माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय कमिटी बैठकले एकता नगर्ने भनी निर्णय गरेको भन्ने कुरा भ्रममात्रै रहेको बताएका हुन्। महासचिव विप्लवले आफूहरुले मोर्चा र एकताको ढोका सधैं खुल्ला राखेको बताए।
‘एकताका लागि हामी सकारात्मक छौं। हामी केन्द्रीय समितिको बैठक बस्यौं। ल अब नेकपा एकतामा नआउने भन्ने हल्ला पनि बाहिर छ। त्यो कुरा सत्य होईन। हामी सबै मिलेर एकता आवश्यक छ भन्ने निश्कर्षसहित हामी आएको हो। आजपनि एकताबाट पछि फर्किएको छैन। आवश्यक छ,’- उनले भने।










