चोरीको ६ वटा साइकलसहित साइकल एक जना पक्राउ

IMG-20241227-WA0146-copy

 सिलगढी: पछिल्लो समय साइकल चोरीका घटनामा उल्लेखनीय वृद्धि भएको छ। साइकल चोरीको धेरै रिपोर्टहरू सिलगढी पुलिस कमिश्नरेटको एनजेपी पुलिस स्टेशनमा दर्ता गरिएको छ। घटनाको अनुसन्धानका क्रममा एनजेपी पुलिस चौकीले साहुडांगी सिपाहीपाडा बस्ने ३५ वर्षीय गोपाल मजुमदारलाई पक्राउ गरेको छ। उनको साथबाट ६ वटा साइकल बरामद भएको छ। दुई तीन दिनअघि साहुडाँगीका एक व्यक्तिले साइकल चोरीको उजुरी दिएका थिए।\

कामका लागि कलेजपाडा आएको तर साइकल चोरी भएको उनले बताए। अर्का एक व्यक्तिले पनि आफू साइकल सिलगढी कलेजपाडामा राखेर आफन्तलाई भेट्न गएको तर साइकल चोरी भएको बताए। पूरै घटनाको अनुसन्धान गर्दै पुलिसले अन्तिममा साइकल चोरलाई पक्राउ गरी ६ वटा साइकल समेत बरामद गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement