गान्तोक: उत्तरपूर्वी राज्यका एनएसएस स्वयं सेवकहरूले बुलबुलेमा आयोजित सर सफाई कार्यक्रममा स्वेच्छाले सहभागिता जनाए। गणेश टकदेख बुलबुलेसम्म सर सफाई साथै विरूवा रोपन कार्यक्रम आयोजना गरिएको थियो। उल्लेखनीय छ, स्टेट नेशनल सर्विस स्किम र राज्य सरकारको खेलकूद एवम युवा मामिला विभागद्वारा आयोजित पहिलो उत्तरपूर्वी एनएसएस महोत्सवमा सहभागी बन्न आएका स्वंय सेवकहरूले सर सफाई कार्यक्रममा स्वेच्छाले सहभागिता जनाएको जानकारी गराइएको छ।

फिल्ड भ्रमणपछि उनीहरूलाई विभिन्न विदामा परामर्श प्रदान गरियो। विशेष गरेर जीवन निर्वाह गर्ने तरिकाबारे प्रशिक्षण प्रदान गरिएको थियो।










