सिक्किम सहकारी दुध उत्पादक यूनियन लिमिटेडको २७औं बोर्डको वार्षिक सभा सम्पन्न

गान्तोक: सिक्किम सहकारी दुध उत्पादक यूनियन लिमिटेडको २७औं बोर्ड वार्षिक सभा सम्पन्न भयो। दक्षिण जिल्लाको जोरथाङस्थित इन्सटीट्यूट अफ् केपासिटी भवनको प्रेक्षागृहमा आयोजित सभामा संस्थाका उपाध्यक्ष एमजे राई, पशुपालन विभागका सचिव डा. डीपी सेन्थिल लगायत विभिन्न विभागका अधिकारीवर्गले उपस्थिति जनाएका थिए। सभालाई सम्बोधन गर्दै सचिव तथा प्रबन्धक निर्देशक केसाङले २७औँ साधारणसभामा भएको कार्यविवरण पुष्टि लगायत कार्यसूची अनुसार प्रस्तुति गर्नका निम्ति र यस वर्ष २ वटा साधारण सभा सम्पन्न भएको जानकारी दिँदै युनियनले गरेको प्रगतिबारे प्रकाश पारे।

त्यसपछि निर्वाचनको प्रक्रिया रिटर्निङ अधिकृत-सह-सह-रजिष्ट्रार सारदा रोका र उनको टोलीले लिएका थिए। उनले साधारणसभालाई निर्वाचन संख्या र त्यसपछिको प्रक्रियाबारे जानकारी गराउँदै १७ सञ्चालक समितिमध्ये १० सञ्चालक निर्विरोध निर्वाचित भएको घोषणा गरिन्। रहल ७ सिटमा चुनाउ भएको थियो। निर्विरोध चुनाव सम्पन्न भएपछि, १७ जना उम्मेदवारहरू सिक्किम सहकारी दुग्ध उत्पादक संघ लिमिटेडको संचालक समितिमा निर्वाचित भएको घोषणा गरियो।

About Author

Advertisement